‘माओवादी तत्काल सत्तागठबन्धनबाट अलगिन्न’ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘माओवादी तत्काल सत्तागठबन्धनबाट अलगिन्न’



काठमाडौं, १८ असोज ।

प्रमुख प्रतिपक्षी एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससंगको सत्ता गठबन्धनबाट भने नअलगिने बताएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह ३ बजे बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुलाई सरकार परिवर्तन नगर्नेमा आश्वस्त पारेका हुन् । एमाले र माओवादी केन्द्र चुनावी तालमेलसंगै सरकार परिवर्तनको चर्चा चल्न थालेको छ ।

कांग्रेस नेताहरुले भने नयाँ सरकार गठनका लागि आवश्यक संख्या नपुगेकै कारण यस्तो आश्वासन आएको हुन सक्ने भन्दै माओवादी केन्द्र अध्यक्ष दाहालको धारणाबाट विस्वस्त हुन सकेका छैनन् । आजको कान्तिपुरमा खबर छ ।