पार्टीको रुपान्तरण अभियानमा जुटे माओवादीका युवा केन्द्रीय सदस्यहरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पार्टीको रुपान्तरण अभियानमा जुटे माओवादीका युवा केन्द्रीय सदस्यहरु



माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु पार्टीको रुपान्तरण अभियानमा जुटेका छन् ।

नेताहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो ।

बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरु अनौपचारिक छलफलमा समेत बसेका थिए ।

छलफलमा सहभागी वाईसीएल इन्चार्ज समेत रहेका दीपशिखाले पार्टीको जनवर्गीय संगठनका प्रतिनिधिहरुको सुझाव लिने काम भएको बताए । ‘यो गुट रहित, कमिटीरहित छलफल हो,’ उनले भने, ‘माओवादीको रुपान्तरणबारे छलफल भयो ।’

छलफलमा जनवर्गीय संगठनकातर्फबाट जनसांस्कृति महासंघका अध्यक्ष मात्रिका पोखरेल, वाईसीएल उपाध्यक्ष सकम गुरुङ, दलित मुक्तिमोर्चाका अध्यक्ष र किसान महासंघका महासचिव सहभागी थिए ।