मापदण्ड मिचिएका घर तथा भवनलाई मान्यता दिने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मापदण्ड मिचिएका घर तथा भवनलाई मान्यता दिने



हिमाल पोष्ट / ४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।

पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता भवनहरुलाइृ कानुनी मान्यता दिने तयारी गरको हो ।

महानगरपालिकाभित्रका ८० प्रतिशत भवन कुनै न कुनै रुपले मापदण्ड मिचेर बनाइएको अनुमान गरिएको आजको राजधानी दैनिकमा समाचार छ ।

मापदण्ड मिचिएका भवनलाई कानुनी मान्यता दिन महानगरपालिकाले सबभन्दा पहिले सबै घर तथगा भवनको विस्तृत विवरण संकलन गर्नेछ ।

महानगरपालिकाले आगमी पुस मसान्तभित्र आ–आफ्ना घर तथा भवन विवरणसहित दर्ता गर्न सार्वजनिक सूचना थारी गरेको छ ।