मापसे चालक समात्न चार राउण्ड गोली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मापसे चालक समात्न चार राउण्ड गोली



हिमाल पोष्ट / ९ पुस, काठमाडौं । बिहीबार राति एक जना भारतीय चालकले अत्यधिक मदिरा सेवन गरेर बीरञ्जमा मालबाहक गाडी कुदाए । उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्‍यो ।

भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारीचालकले मदिरा सेवन गर्ने गर्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

बीरगन्ज १६ पावरहाउस चोकमा जाँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे । ट्रक गति बढाउँदै उत्तर गण्डकतिर कुद्यो । चोकचोकका प्रहरीले रोक्न आग्ह गर्दा पनि ट्रक रोकिएन । र, प्रहरी गोली चलाउँन वाध्य भयो ।

सवारी चालक करु यादव, सहचालक धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको गाडीलाई प्हरीले नियन्त्रणमा लिएको छ ।