म्याराडोनाले दिए राजीनामा, क्लब माथि उक्लिन सकेन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

म्याराडोनाले दिए राजीनामा, क्लब माथि उक्लिन सकेन



डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षबाट राजीनामा दिएका छन् । क्लब संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनबाट सीधै शीर्ष डिभिजिनमा उक्लिन असफल भएपछि अर्जेन्टिनी म्याराडोनाले राजीनामा दिएका हुन् ।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा विश्वकप विजेता ५७ वर्षे म्याराडोना गएको मेदेखि क्लबको प्रशिक्षक थिए । शुक्रबार भएको खोर्फाक्कान क्लबसँगको खेलमा १ १ को बराबरीमा रोकिएपछि म्याराडोनाको टिम दोस्रो डिभिजनको शीर्ष दुईमा पर्ने सम्भावना सकियो ।

युएईमा म्याराडोनाको यो प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल हो । यसअघि उनले अल वास्ल क्लबमा प्रशिक्षकको भूमिका निभाएका थिए । उनले अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००८ देखि २०१० सम्म प्रशिक्षकको भूमिका निभाएका थिए ।