घोडाघोडी अस्पतालका अध्यक्ष सापकोटाद्धारा क्वारेन्टाइनमा मास्क वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडी अस्पतालका अध्यक्ष सापकोटाद्धारा क्वारेन्टाइनमा मास्क वितरण



कैलाली । जिल्लाको घोडाघोडी नगरपालिको विभिन्न वडामा मास्क वितरण गरिएको छ । विश्व भरी फैलिरहेको कोरोना भाईरस संक्रमणको रोकथाम तथा यस बाट जोगिन सुखडमा रहेको घोडाघोडी अस्पताल प्रा.लि.का अध्यक्ष बिष्णु प्रसाद सापकोटाले एन नाइन्टी फाइभ मास्क वितरण गरेका हुन् ।

आफ्नो ब्यक्तिगत खर्चमा घोडाघोडी नगरपालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टाईनमा आश्रय लिईरहेका नागरिक तथा खटिएका स्वयंसेवक गरि करिब ४ हजार २ सय भन्दा बढी मास्क वितरण गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।