मास्क खोलेर खल्तीमा हाल्दै अस्पतालबाट हिँडे डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मास्क खोलेर खल्तीमा हाल्दै अस्पतालबाट हिँडे डोनाल्ड ट्रम्प



काठमाडौं- कोरोना संक्रमणसँग जुधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किएका छन् । उनको वाल्टर रिड अस्पतालमा उपचार चलिरहेको थियो ।

उनी हेलिकप्टरमार्फत् ह्वाइट हाउस फर्किएका हुन् । ह्वाइट हाउस पुग्नासाथ उनले अनुहारबाट मास्क हटाए । ह्वाइट हाउसका चिकित्सक सिन कोनले ट्रम्प अझै पूर्णरुपमा खतरा बाहिर आइनसकेको बताए पनि ट्रम्पले मास्क खोलेर खल्तीमा राखेका हुन् ।

सिएनएनका अनुसार उनी हेलिकप्टरबाट निस्किएर ह्वाइट हाउसमा प्रवेश गरे । यसलगत्तै उनी आफ्नो मास्क खोलेर खल्तीमा राख्दै बालकोनी पुगे र प्रसंशकहरुलाई अभिवादन गरे ।

यसअघि नै उनले अस्पतालबाट बाहिरिने बताइसकेका थिए । उनले अस्पतालबाटै कोभिड-१९ सँग नडराउन आह्वान गर्दै आफ्नो जीवनमा यसलाई हावी हुन दिन नहुने बताएका थिए । उनले आफूलाई कुनै पनि समस्या नरहेको पनि जिकिर गरेका छन् ।

चिकित्सकहरुले भने ट्रम्प घर जान सक्ने तर खतराबाट मुक्त चाहिँ भइनसकेको बताएका छन् । उनको अक्सिजनको लेभल ठिक भएको र बाँकी औषधि उनलाई ह्वाइट हाउसमै दिइने बताइएको छ ।