मास्क उत्पादकलाई ट्रम्पले भने: अमेरिकामा मास्क नदेउ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मास्क उत्पादकलाई ट्रम्पले भने: अमेरिकामा मास्क नदेउ



काठमाडौं- अमेरिकाको प्रमुख मास्क निर्माता कम्पनी ३एम लाई सरकारले मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको छ ।

अमेरिकामा निर्माण भएका एन९५ रेस्पिरेटरी मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न सरकारले आग्रह गरेको ३एमले जनाएको छ ।

बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोरियन युद्धको बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानून लागु गर्दै ३एमलाई थप मास्क उत्पादन गर्न आदेश दिएको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ३एमका मास्क निर्यातमा रोक लगाइए त्यो गल्ती साबित हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिफेन्स प्रोडक्सन एक्टको प्रयोग ३एमलाई गम्भीर तरिकाले हिर्काउनका लागि प्रयोग गरेको बताएका छन् ।

तर उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९५० को सो कानूनले राष्ट्रपतिलाई कुनै पनि कम्पनीलाई भनिएको सामग्रीको उत्पादन बढाउन बाध्य पार्ने अधिकार दिन्छ ।

३एमले शुक्रबार वक्तव्य जारी गरेर संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) को आदेश अनुसार अमेरिकामै एन९५ रेस्पिरेटरी मास्कको अभाव भएको र यस्तो बेलामा देशकै लागि उत्पादन बढाउन कानून लागु भएको उल्लेख गरेको छ ।

यस्तै सरकारले आफ्ना मास्कहरु अमेरिका र ल्याटिन अमेरिकामा निर्यात नगर्न आग्रह गरेको पनि ३एमले बताएको छ ।

३एमले प्रति महिना १० करोड एन९५ मास्क उत्पादन गर्ने गरेको छ । त्यसमध्ये एक तिहाई मास्कको उत्पादन अमेरिकामा हुने गर्छ । बाँकी मास्कको उत्पादन भने विश्वका विभिन्न देशमा रहेका उद्योगमा हुने गरेको ३एमले जनाएको छ ।

क्यानडामा आन्तरिक रुपमा एन९५ मास्कको उत्पादन हुँदैन । क्यानडाका प्रधानमन्त्री ट्रूडोले शुक्रबार पत्रकारसँग मास्कको निर्यातमा रोक लगाउनु वा व्यापार कम गर्नु गल्ती हुने बताएका छन् ।