हेटौँडामा पेटीका आइपुगे, केहीबेरमा मतगणनाको तयारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हेटौँडामा पेटीका आइपुगे, केहीबेरमा मतगणनाको तयारी



मकवानपुर – मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् ।

मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी, प्रहरी र विभिन्न दलका प्रतिनिधिहसहित मतपेटिका ल्याउन थालिएको हो । मध्यरात अघिसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबीच मकवानपुरमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । मकवानपुरको दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा क्षेत्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए ।

मकवानपुरमा याे चुनावमा गएकाे पालिका चुनावमा जस्ताे मतदाता उत्साही देखिएनन् । मकवानपुरमा तीन सय ६४ वटा मतदान केन्द्रमा आज मतदान भएको हो ।