पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान सुरु, साँझ ५ बजेसम्म भोट हाल्न पाइने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान सुरु, साँझ ५ बजेसम्म भोट हाल्न पाइने



मङ्सिर १०,काठमाडौँ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् ।

मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

संविधान जारी भएपछि पहिलोपटक सङ्घीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।