मतदान आजः ३ मतपत्र, ४ छाप, भोट यसरी हल्नुहोस ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मतदान आजः ३ मतपत्र, ४ छाप, भोट यसरी हल्नुहोस !



काठमाडाैं, मंसिर १० ।

दुई संविधानसभा निर्वाचनमा दुईटा मतपत्रको अभ्यास गरिसकेका मतदानले यस पटक तीनवटा मतपत्र पाउने छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग-अलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुईटै सभाको मतपत्र रहेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न् छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मस्ले चिह्न् छापिएको मतपत्र हुनेछ ।

समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभा भाग १ लिएका दलहरुको निर्वाचन चिह्न् रहने छ ।

तीनओटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् ।

प्रत्यक्षतर्फ दुवै सभामा १, १ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफुले चाहेको दललाई मतदान गर्न पाउने छन् । खबर आजको कान्तिपुरमा छ ।