काङ्ग्रेसलाई भोट दिएको भन्दै नेकपा नेताले कुटे मतदाता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काङ्ग्रेसलाई भोट दिएको भन्दै नेकपा नेताले कुटे मतदाता



तुलसीपुर। रुख चिन्हमा मतदान गरेको भन्दै पश्चिम दाङमा एकजना मतदातालाई नेकपाका नेताले कुटेका छन् ।

दाङको बबई गाउँपालिका वडा नं ६ पञ्चकुले निवासी नेकपाका नेता टंक रेग्मीले स्थानीय मतदाता धुर्व मल्ललाई कुटपिट गरेका हुन् ।

रेग्मीले कुटाइबाट मल्लको अनुहारमा चोट लागेको छ। भोट नदिएको भन्दै मल्ललाई कुटेपछि रेग्मीलाई कारबाही गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

नेकपाका नेता रेग्मीले आफूलाई किन रुखमा भोट हालिस भन्दै अनाहकमा कुटपिट गरेको मल्लले बताए।

उनले आफुले न्याय पाउनु पर्ने तथा दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छन्।