मङ्सिर ४ मा तपाइँले भोट हाल्न पाउने कि नपाउने ? यसरी हेर्नुहोस् नाम र नम्बर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मङ्सिर ४ मा तपाइँले भोट हाल्न पाउने कि नपाउने ? यसरी हेर्नुहोस् नाम र नम्बर



काठमाडौं- निर्वाचन आयोगले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने छन् ।

मङ्सिर ४ गते आउन अब जम्मा ५४ दिन मात्रै बाँकी छ । सो निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै आयोगले तयारी गरिरहेको छ । ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेको आयोगले उल्लेख गरेको छ । आउंदै गरेको निर्वाचनमा कति मत खस्छ भन्न सकिने अवस्था छैन ।

तर कतिपयलाई मेरो नाम मतदाता नामावलीमा छ कि छैन भन्ने अन्योल छ । थाहा भएकालाई पनि आफ्नो मतदाता परिचयपत्र नम्बर कति होला भन्ने कौतुहलता छ ।

यस्तो कौतुहलता भएका मतदाताले नामावलीमा भएको आफ्नो नाम जाँच गर्न सकिन्छ । यसको लागि निर्वाचन आयोगको वेवसाइटमा केहि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

आफ्नो नाम र नम्बर जाँच गर्न यहाँ क्लिक गर्नुहोस् ।

यहाँ क्लिक गर्नुहोस्