मतदाता नामाबली सङ्कलनको म्याद थपियो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मतदाता नामाबली सङ्कलनको म्याद थपियो



 

साउन ३१, काठमाडौँ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम दर्ता गराउन समय थप गर्ने भएको छ । नाम छुटेकालाई दर्ता गराउन साउन महिनाभर (भोलिसम्म) समय दिइएकोमा अझै धेरै मतदाता बाँकी रहेको र भीड नघटेकाले केही दिन थप्ने निर्णय भएको आयोग स्रोतले जनाएको छ ।

साउन १ गतेदेखि देशभरमा ७४४ वटै स्थानीय तह र ७५ वटै जिल्ला निर्वाचन कार्यालयमार्फत् फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या धेरै रहेको जानकारी आएकाले म्याद थप गर्नु परेको आयोगले जनाएको छ । अब ३ गतेसम्म सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता/संकलन कार्यक्रम सञ्चालन हुनेछ ।