मतदाताले दिएको बिश्वासलाई कमजोर हुन दिन्न :सापकोटा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मतदाताले दिएको बिश्वासलाई कमजोर हुन दिन्न :सापकोटा



सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी केन्द्रका नेता अग्नि सापकोटाले मतदाताले दिएको बिश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

विजयी भएपछि फेसुबकमा उनले लेखेका छन्,‘यहाँहरुको अपार बिश्वासप्रति आभारी छु । यो आदर्श र इमानको विजय हो । यो बिश्वासलाई कहिल्यै कमजोर हुन दिने छैन।’

नेता तथा सञ्चारमन्त्री मोहन बस्नेतलाई ठुलो मतान्तरले हराउदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याए ।