भारी मतान्तरले डा. तोसिमा कार्की विजयी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारी मतान्तरले डा. तोसिमा कार्की विजयी



ललितपुर ३ मा झण्डै ६ हजारको मतान्तरमा डा. तोसिमा कार्की विजयी भएकी छन् ।

आज बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की १४ हजार २ सय ८ मतसहित विजयी भएकी छन्।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई ५ हजार ९ सय ८५ मतले पछाडि पार्दै डा. कार्की विजयी भएकी हुन्। एमालेका खड्काले भने ८ हजार २२३ मत पाएका छन्।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले भने ५ हजार ४ सय ५६ मत पाएकी छन्। ऊर्जा मन्त्रीसमेत रहेकी भुसालले पाएको यो मत डा. कार्कीले बनाएको मतान्तरभन्दा ५ सय २९ मतले कम छ।