मतपेटिका बुझाएर घर फर्कदै गरेका कर्मचारीको बीच बाटोमा नै मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मतपेटिका बुझाएर घर फर्कदै गरेका कर्मचारीको बीच बाटोमा नै मृत्यु



मंसिर १२,मेछाप ।। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उमाकुण्ड गाउँपालिका अन्तर्गत बाम्तीमा (ख) मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी टंक गौतमको मतपेटिका बुझाएर घरतर्फ जाने क्रममा सोमबार राति बीच वाटोमा नै मृत्यु भएको छ ।

मतपेटिका जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन कार्यालयमा वुझाएर घरतर्फ जाने क्रममा उनको बीच बाटोमा नै मृत्यु भएको हो । उनी सुनापती गाउँपालिका अन्तर्गत शललिङ्गेश्वर मावि गुन्सीमा अध्यापन गर्ने शिक्षक रहेको र उनको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।