स्थानीय तह चुनावको लागि चीनबाट १६ हजार मतपेटिका आज रसुवागढि आईपुग्दै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्थानीय तह चुनावको लागि चीनबाट १६ हजार मतपेटिका आज रसुवागढि आईपुग्दै



हिमाल पोष्ट\रसुवा,  बैसाख ३
वैशाख ३१ गते हुने स्थानीय तह चुनावको लागि १६ हजार थान मतपेटिका आइतबार रसुवागढि आइपुग्ने भएको छ । चीनबाट ल्याउन लागिएको ३० हजार थान मतपेटिका मध्ये आइतबार १६ हजार थान मतपेटिका रसुवागढि आउन लागेको हो ।

गत बिहीबार नौवटा कन्टेनरमा १० हजार थान मतपेटिका आएकोमा आइतबार रसुवागढि नाका हुँदै १६ हजार थान मतपेटिका आउने र बाँकी चार हजार थान मतपेटिका हवाइमार्गबाट आउने भएको छ ।