खुर्पेटो : कविता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

खुर्पेटो : कविता



यति बेला म
सिड्नीको ‘बोन्डी बीच्’मा फोस्टर्स बियरको चुस्की लिँदै छु
अघिनै देखि समुन्द्र मेरो पैताला सँग छोए डुम् खेलिरहेको छ
सायद उ नशामा छ

भर्खरै मात्र
क्षितिजको बादलका केही थुम्काहरु काट्दै
उकालो लागिरहेको जून हँसिया झैँ देखिन्छ


यतिबेलै मेरा बा
आँगनमा उत्रिएर
यही सोँच्दै होलान्
राख्न सके यही जूनलाई
पिँढी माथि दलिनमा झुन्डिएको खुर्पेटोमा

-मौसम भुसाल