माओवादीले ल्यायो नयाँ प्रस्ताव पाँच नम्बर प्रदेशको बारेमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादीले ल्यायो नयाँ प्रस्ताव पाँच नम्बर प्रदेशको बारेमा



हिमाल पोष्ट / ११ पुस, दाङ । संसदमा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा माओवादी केन्द्र ५ नं प्रदेशले नयाँ प्रस्ताव अघि सारेको छ ।

दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो । बैठकपछि प्रदेश इञ्चार्ज वर्षमान पुनले भने, सरकारले जनजाति, मधेसी, थारुलगायतका समुदायलाई समेट्न अघि सारेको संविधान संशोधन प्रस्ताव सही छ, संविधान संशोधन भएको खण्डमा रोल्पा, प्यूठान र अर्घाखाँचीका जनताको मागलाई सम्बोधन गर्न दुईखाले प्रस्ताव अघि सारेका छौँ ।’

पहिलो प्रस्तावका रुपमा पार्टीको नीतिअनुरुप १० प्रदेश बनाएर यी जिल्ला र आसपासका जिल्लालाई समेटेर आठौँ प्रस्ताव बनाउन हाम्रो अवधारणा आएको छ, उनले भने ।

उनका अनुसार त्यो पनि तत्काल सम्भव भएन भने प्युठान, रोल्पा र अर्घाखाँचीलाई सम्बोधन गर्ने गरी प्रदेश राजधानीका एकाइ राख्नुपर्छ भन्ने आफूहरुको निष्कर्ष हो ।

हाल उच्च अदालतका मुकाम एक ठाउँमा र अन्य ठाउँमा इजलास तोके जस्तै प्रदेश राजधानीबाट हुने सेवा सुविधा दिने गरी यी जिल्लामा राजधानीका एकाइ राख्ने सकिने उनको भनाइ थियो । गुल्मी र पाल्पाका माथिल्लो क्षेत्रका बासिन्दाले पहिले नै पोखरा भनिरहेका थिए उनीहरुलाई कुनै समस्या पर्दैन, पुनले भने ।