ईश्वरले कसलाई "माया गर्छु भनी देउन" भन्दै छन् ? (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ईश्वरले कसलाई “माया गर्छु भनी देउन” भन्दै छन् ? (भिडियो सहित)



हिमाल पोस्ट /साउन १४ 

अस्ट्रेलियाबाट सार्वजनिक सामुहिक  गीती एल्वम “उडान” मा रहेको गीत “माया गर्छु भनी देउन”को भिडियो रिलिज भएको छ । गत साल सेप्टेम्बेरमा एक सभ्य अनि भव्य कार्यक्रमका बिच गीती एल्वमको सिड्नी, अस्ट्रेलियामा बिमोचन गरिएको थियो ।

एल्वममा गायक ईश्वर पोखरेल , समीर आचार्य, सन्जिब पराजुली, नरेन कुलुङ्ग, मोक्षदा सिलवाल र सुजाता उपाध्याय मानन्धरको स्वर रहेको छ ।  शब्द निस्प्रभ सजि र प्रदिप चापागाईंको रहेको छ ।  सङ्गीतकारमा न्यू बज्राचार्य , अर्जुन पोखरेल, भानुभक्त ढकाल, राजनराज सिवाकोटी, कल्याण सिंह र हेमन्त रानाको रहेको छ ।

माया गर्छु भनिदेउनका गीतकार प्रदीप चापागाईं हुन् भने सङ्गीतकार कल्याण सिंह रहेका छन् । भिडियो निर्देशन मनोज अधिकारी, छायाङ्कन सौरभ मानन्धर र सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् जसमा  अभियान प्रदिका श्रेष्ठ र निश्चल खड्काको रहेको छ ।

गायक ईश्वर पोख्रेल विगत ७ वर्ष देखि सिड्नी बस्दै आएका छन् जसले विभिन्न सोलो एल्वम तथा सामूहिक एल्वममा गरी झन्डै ३ दर्जन गीत गाइसकेका छन् । आफ्नै युटुब च्यानलबाट उक्त गीत गायक पोख्रेलले रिलिज गरेका छन ।