बुटवलका यी साना कालाकार जसले तीज गीतमा हङ्गामा मच्याए (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवलका यी साना कालाकार जसले तीज गीतमा हङ्गामा मच्याए (भिडियो सहित)



हिमाल पोस्ट /असार २४ 

उमेरले भर्खरै १३ बर्ष टेकेकी डान्सर प्रसिद्धी ढकाल नृत्य र अभिनयमा भने परिपक्क देखिएकी छन । बिभिन्न नृत्य प्रतियोगितामा उत्कृष्ट हुदै आएकी प्रसिद्धी ढकालले मोडलिङमा चालेको पहिलो पाईलाले नै चर्चा बटुल्न थालेको छ ।

स्वाभिमान कृयशन मार्फत बजारमा उपलब्ध भएको  “माया मिसाउनी” बोलको तीज गीतबाट ढकालले आफ्नो मोडलिङको यात्रा शुरु गरेकी हुन । गीतमा दिपक गरौँजाको शब्द तथा लय रहेको छ भने हास्य कलाकार उज्वल गिरी दानबिर र आरती रुचालले स्वर भरेका छन ।

डान्सर प्रसिद्धी,प्रबिन,दानबिर,सम्योग र अनुस्काले सो गीतको भिडियोमा अभिनय गरेका छन। समिट बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ बर्षिया ढकालले बागेस्वरी संगितालयमा डान्स समेत सिकी सकेकी छन । बालापनको प्रेमलाई गीतमा ढालिएको छ। यस भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन ।