सन्जीब पुडासैनीकोे “मायाको गाँउमा” बोलको गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सन्जीब पुडासैनीकोे “मायाको गाँउमा” बोलको गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लामो समय देखि साङ्गीतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउँदै अघि बढिरहेका गायक तथा सङ्गीतकार सन्जीब पुडासैनीले हालै मात्र मायाको गाँउमा बोलको गीत बजारमा लिएर आएका छन् ।

नबराज बस्नेतको शब्द सिलेंद्रबाबु प्रधानको सङ्गीतमा आफ्नो भिन्दै गला र कला प्रस्तुत गरेका छन् । पछिल्लो समय निकै व्यस्त निर्देशक बिवोर पोख्रेल भन्छन् भिडियोमा हामीले धेरै मेहेनेत गरेका छौ । नेपाली संगीतिक बजारमा एउटा पृथक् भिडियो तयार पारेका छौ ।

आशा छ दर्शक स्रोताहरुले मन पराई दिनु हुनेछ । देव र एलिशा राईको अभिनय रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायाकन गर्नु भएको छ भने शतिश श्रेष्ठले सम्पादन गर्नु भएको छ । उक्त म्युजिक भिडियोलाई एसियन म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको छ ।