अर्घाखाँची कि चेली पाण्डे र गैरेको तीज कोशेली ‘मायाले खान दिन्न बरीलै 'सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँची कि चेली पाण्डे र गैरेको तीज कोशेली ‘मायाले खान दिन्न बरीलै ‘सार्वजनिक(भिडियो सहित)



हिमाल पोस्ट /अर्घाखाँची,असार २३ 

सप्तक डिजिटल प्रा.लि.को प्रस्तुतिमा दिनेश पाण्डेको शब्द सङ्गीत अनि दिनेश पाण्डे र इन्दिरा गैरेको आवाजमा सजिएको तीज कोशेली ‘मायाले खान दिन्न बरिलै’ भर्खरै सार्वजनिक भएको छ’ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा जन्मिएका यी कलाकारद्वय पाण्डे र गैरेले सो गीतलाई निकै मिहिनेत गरेर तयार गरिएको जानकारी दिए ।

गीतमा सामाजिक यथार्थतालाई समय सान्दर्भिक तरिकाले उजागरण गरिएको छ । जीवन जिउनका लागि पैसा आवश्यता रहेको र मायाले मात्र नहुने कुरालाई विशेष प्राथमिकता दिइएको छ ।
जस्तैै
केटाःहातका मैला सुनका थैला नहेर मायांले धन बरिलै
पैसाले माया खैला र बैला चोखो छ मेरो मन बरीलै
केटीः अल्लारे ठिटो बोली झन् मिठो सकिन तिमीलाई चिन्न बरीलै
कमाउनुपर्छ पैसाको बिटो माया“ खान दिन्न बरीलै
सांच्चिनै जति सुन्यो सुनौं सुनौं लाग्ने गीतलाई  विष्णु भट्टराईको निर्देशन गरेका छन् भने, किशोर, लब्ली नारायण, मेलिना, सरोज, जुनु र शुशिलाको अभिनय रहेको छ ।