घोडाघोडीका नगर प्रमुख चौधरीलाई कोरोना स‌ंक्रमण पुष्टि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

घोडाघोडीका नगर प्रमुख चौधरीलाई कोरोना स‌ंक्रमण पुष्टि



कैलाली । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । नगर प्रमुख चौधरीले कात्तिक १४ गते स्वाब दिएका थिए ।

संक्रमण पुष्टि भएपनि नगर प्रमुख चौधरीको स्वस्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए । घोडाघोडीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ३७ पुगेको छ भने सक्रिय सङ्क्रमितको संख्या ६ रहेको स्वास्थ्य शाखा संयोजक रावतले जानकारी दिए ।