एम्बाप्पे एक महिना खेल्न नपाउने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एम्बाप्पे एक महिना खेल्न नपाउने



एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी)का फवार्ड केलियन एम्बाप्ले एक महिना मैदान बाहिर रहने भएका छन् ।

पीएसजीले ला लिगामा टुलुजमाथि ४-० को जित हात पार्दा २० वर्षीय फवार्ड घाइते भएका थिए । उनको थाइको मांशपेशीमा चोट लागेको बताइएको छ ।

उनी एक महिना मैदान बाहिर रहने पीएसजीले जनाएको छ ।

आइतबारको खेलका क्रममा पीएसजीका अर्का फवार्ड इडिनसन काभानी पनि घाइते भएका थिए । उनी भने एम्बाप्पेभन्दा एक साता अगाडि मैदान आउने अनुमान छ ।