४८ करोड डलरको एमसीसी परियोजना श्रीलंकाबाट फिर्ता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

४८ करोड डलरको एमसीसी परियोजना श्रीलंकाबाट फिर्ता



काठमाडौं- नेपालमा निकै विवादित बनेको अमेरिकी सहयोग नियोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को कुनै टुंगो लागेको छैन तर श्रीलंकाले भने एमसीसी फिर्ता गरेको छ ।

४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्दै श्रीलंकाले उक्त योजना राज्यको हितमा नभएको भन्दै फिर्ता गरेको हो । नेपालमा जस्तै श्रीलंकामा पनि विवादित बनेपछि एमसीसी श्रीलंकाले फिर्ता गरेको बताइएको छ ।

अमेरिकाले श्रीलंकाबाट ४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एमसीसी सम्झौता अन्तर्गत ४८ करोड अमेरिकी डलर अनुदानको यातायात पूर्वाधारको स्तरोन्नति गर्न र सम्पूर्ण देशलाई समेट्ने भूमिसुधार गर्नका लागि उपयोग गर्न प्रस्ताव गरिएको थियो ।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंकाली सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन । परियोजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन ।

गएको एक बर्षमा एमसीसीबारेमा गहिरो राजनीतिकरण भएको बताइएको छ । सरकारलेएमसीसी प्रोजेक्टको विस्तृत अध्ययन गर्न र सरकारलाई सिफारिस गर्न एक समिति गठन गरेको थियो ।

कोलम्बो विश्वविद्यालयका प्राध्यापक ललिथसिरी गुणारुवानको नेतृत्वमा विशेष समितिको सिफारिस पछि सरकारले उक्त सम्झौतालाई ‘बिना शर्त अस्वीकृत’ गर्ने निर्णय गरेको थियो । एमसीसी नेपालमा पनि विवादमा परेको छ । सरकारले एमसीसी परियोजनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो ।