नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएसलाई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएसलाई



कैलाली । कैलालीको धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ । वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि जितेको हो ।

एसटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे। पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २÷२ गोल गरे। उपाधिसंगै एसटिएसले नगद १५ हजारसंगै ट्रफी र प्रमाणपत्र हात पारेको छ भने पश्चिम टुडेले नगद ७ हजार सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।

यसअघि आजै भएका सेमीफाईनलको पहिलो खेलमा पश्चिम टुडेले धनगढी एफएमलाई पराजित गरेको थियो भने एसटिएसले वावा टेलिभिजनलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटिएसका सागर शाह भए। प्रतियोगितामा फेयर प्ले अवार्ड दिनेश एफएमले जितेको छ। यस्तै प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण योगदान पुगाएको भन्दै पत्रकार दीपक उपाध्यायलाई सम्मान समेत गरिएको छ ।

जेठ ४ गतेदेखि सुरु भएर जेठ ८ गते सकिएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगितामा नौ वटा टीमले भाग लिएका थिए ।