मेडिकल कलेज सञ्चालकको दादागिरी: एमवीवीएस र वीडीएसमा भर्ना बन्द - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेडिकल कलेज सञ्चालकको दादागिरी: एमवीवीएस र वीडीएसमा भर्ना बन्द



काठमाडौं- देशभरका मेडिकल कलेज सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरूले सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको आरोप लगाउँदै आन्दोलन घोषणा गरेका छन् ।

सञ्चालकहरूले मंगलबार प्रधानमन्त्रीलाई नौ वुँदे मागपत्र बुझाउँदै माग पुरा नभएसम्म एमवीवीएस र वीडीएसमा भर्ना नलिने अडान राखेका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग पत्र बुझाउँदै माग पुरा गर्न सरकारलाई दवाव दिएको हो ।

शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकूलपति तथा सम्बन्धित डीनहरुलाई समेत मागपत्र बुझाइएको बताइएको छ ।

नीजि लगानीमा सञ्चालित मेडिकल कलेजहरुको संलग्नताविना सिट संख्या घटाएको, अवैज्ञानिक तवरले शुल्क निर्धारण गरी कलेजहरुलाई आर्थिक रुपमा धरासायी बनाएको, विदेशी विद्यार्थीलाई आकर्षित गर्नुको सट्टा भर्ना प्रकृया जटिल बनाई त्रसित पारेको आरोप मेडिकल कलेज सञ्चालकहरुले लगाएका छन् ।

मेडिकल कलेज सञ्चालकहरुको माग संबोधन नभएसम्म भर्ना नहुँने स्थिती सृजना भएपछि बिद्यार्थीहरु अन्यौलमा परेका छन् 

माग सम्बोधन नगरी सामाजिक प्रतिफलसहितको व्यापार व्यवसाय गर्न पाउँने हक तथा सम्पत्ती माथिको संबैधानिक हक प्रतिकूल हुने गरी गरिने कुनैपनि काम कारबाही बिरुद्ध अन्य सशक्त कदम चाल्ने एसोसिएसनले चेतावनीसमेत दिएको छ ।

सरकारले माग संवोधन नगरेसम्म एमवीवीएस र वीडीएसमा अध्ययन÷अध्यापन गराउँन नसक्ने भन्दै उनीहरुले सूचनासमेत जारी गरिसकेका छन् ।