गगनको प्रस्ताब : औषधि सरकारले नै किन्दा २२ सय प्रतिशत सस्तो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गगनको प्रस्ताब : औषधि सरकारले नै किन्दा २२ सय प्रतिशत सस्तो



काठमाडौं-

कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ ।

बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो ।

करिब ६ महिनाअघि स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा ‘सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिस गर्न’ मन्त्रिपरिषद्द्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई उक्त सुझावसहितको प्रतिवेदन सोमबार बुझाएको हो ।

प्रतिवेदनअनुसार उक्त औषधि सरकारी अस्पताल प्रयोजनका लागि मात्र भन्ने स्टिकरसमेत प्रयोग गर्नुपर्ने छ । नुन, चिनी तथा रासायनिक मल व्यवस्थापनका लागि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसनजस्तै छुट्टै संयन्त्र औषधि वितरणका लागि गठन गर्नुपर्ने छ ।, यो खबर आजको कान्तिपुरमा छ ।