कमेडी च्याम्पियनबाट मेक्सम गौडेल आउट - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कमेडी च्याम्पियनबाट मेक्सम गौडेल आउट



नेपालकै पहिलो र लोकप्रिय कमेडी कार्यक्रम कमेडी च्याम्पीयनको टप थ्रीबाट विष्णुप्रसाद गौडेल (मेक्सम) आउट भएका छन्।

स्याङ्गजा जिल्लाका मेक्सम पछिल्लो समय निकै चर्चित थिए । खासगरी विषयबस्तुको गहिराईमा पुगेर कथामा उतार्ने क्षमता भएका गौडेलको बाबा वाला एपिसोड निकै चर्चित बनेको थियो ।

प्रत्यक हप्ताको सोमबार र मंगलबार कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने यो कार्यक्रमको आगामी शृंखला छायांकन सकिएको छ । उनि बाहिरिएको आधिकारिक घोषणा भने सोमबार साँझको कार्यक्रममा गरिने छ ।

भाइरल बाबा, टिकट पाउने नेता, सेलिब्रेटीको लाइफ स्टाइल लगाएतका उनका प्रस्तुती दर्शकले निकै रुचाएका थिए ।

कमेडी च्याम्पिएनबाट तयार हुने टप थ्रीलाई नगद पुरस्कार सहित वर्ल्ड टुर गराउने योजनाक साथ् केहि महिना अगाडी सुरू भएको रियालिटी शोले निकै लोकप्रियता कमाएको छ ।

यसअघिको शृंखलामा चर्चित कमेडियन सुमन कार्की आउट भएका थिए ।