मेलम्चीको पाईपमा चरम लापरवाही - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मेलम्चीको पाईपमा चरम लापरवाही



काठमाडौं ।  

बागमती सभ्यता एकिकृत विकास समीती र मेलम्ची खानेपानी आयोजनाको समन्वय अभावमा केही समयमा आउँदै गरेको मेलम्चीको पानिमा धोबी खोलाको ढल मिसीने छ ।

काठमाडौ महानरपालीका ३० स्थीत रातो पुल क्षेत्रमा बागमती सभ्यता एकिकृत विकास समीतीले घर घरबाट निस्कने ढललाई रुद्रमती नमिसाउन छुट्टै ढलपाइप बिस्तार गरीरहेको छ । यस सँगै मेलम्ची खोनेपानी आयोजनाले पनि पानि वितरणको लागि पाइप विस्तार गरेको छ । तर खानेपानीको पाइप र पाइकोे जोइन नै ढल संकलन हुने जक्सन भित्र परेको छ । जसका कारण आयोजना सञ्चालनमा आए पछि खानेपानीको पलाष्टीकको पाइप कुनै कारण टुटे पुटेमा ढल सिधै खानेपानीको पाइप भित्र पस्ने छ । अहिले दुबै आयोजना निमार्णधिन छन् ।

स्थानीयले दिर्घकालीन समस्या हुने देखी पछि बारम्बार बागमती सभ्यता एकिकृत विकास समीती र मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा पुगेर बेलैमा सच्याउन आग्रह गरे । तर दुबै आयोजनाले आँफुहरुले पहिले नै नक्साङकन गरेको भन्दै एक ले अर्कालाई दोष देखाउने गरेको छन् । मेलम्ची खानेपानी आयोजनाले पहिले पाइप बिस्तार गरेको थियो तर बागमती सभ्यता एकिकृत विकास समीतीले आँफुहरुले पहिले नै ढलको नक्साङकन गरेकाले मेलम्ची आयोजनाको गल्ती भएको बताउने गरेको छ ।