विश्व मानसिक स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विश्व मानसिक स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै



बुटवल, असोज २४ – ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मानसिक दिवस मनाईंदैछ । सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाएको थियो ।

त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो । विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । संगठनका अनुसार हरेक चारजना मध्य एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।

सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले तनावमुक्त रहन मनोविमर्शकर्ताले सुझाव छ । आफ्नो दैनिकीमा आएको परिवर्तनले असर गर्न थाले मानसिक रोगको संभावना उच्च हुने मनोचिकित्सक ऋषभ कोइरालाले बताउनुभयो । उहाँका अनुसार चिन्ता, तनाव, एङजाइटी, डिप्रेशन, फोबिया लगायतका समस्याले मानसिक रोग उत्पन्न हुन्छ ।

यी समस्या पहिलो चरणमा भए मनोपरामर्शले निको हुने, दोस्रो चरणमा भए डाक्टरको सल्लाहमा केही समय औषधि खाए पुग्ने र तेस्रो चरणमा भए लामो समय औषधि खाँदा मानसिक रोक निको हुने डा। कोइरालाले बताउनुभयो । एक्लै बस्न मन लाग्ने, रुन मन लाग्ने, कराउने, चिच्याउने, पढ्न मन नलाग्ने जस्ता व्यवहार परिवर्तन हुनु यी समस्याका लक्षण हुन् ।

परिवारका सदस्यमा यस्तो परिवर्तन देखिए उनीहरुको कुरा सुन्ने, पहिलेको दैनिकीमा फर्काउने कोसिश गर्ने र सकारात्कम सोच्न लगाउने गर्नाले पनि मानसिक रोग उत्पन्न नहुने डा। कोइरालाको भनाई छ । दिवसको अवसरमा अहिले काठमाडौंको बानेश्वरबाट ¥याली निस्किएको छ । ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुनेछ ।