गीतकार नारायण कडेंलको उत्कृष्ट सिर्जनामा राष्ट्रिय भाव समेटिएको गीत “मेरो देश” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गीतकार नारायण कडेंलको उत्कृष्ट सिर्जनामा राष्ट्रिय भाव समेटिएको गीत “मेरो देश” बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं २३ 

देश राजनीतिक अस्थिरताको चरमोत्कर्षमा छ। एकचरणको स्थानीय निर्वाचन एकआध ठाँउबाहेक लगभग सकिएको छ भने अर्को चरणको निर्वाचनको तयारी छ।यसै क्रममा नेपाली गीत सङ्गीतमा पनि यति बेला आफूले समर्थन गर्ने राजनैतिक सङ्गठन हरुका गीतहरू बजारमा पठाउने होड नै चलेको छ भने नजिकिदै गरेको नारीहरूको महानपर्व तिजलाई लक्षितगरी गीतहरू उत्तिकै मात्रामा रेकर्ड तथा तयारी भैरहेका छन्।

अनि व्यावसायिक सफलता वा सस्तो लोकप्रियताका लागि ग्लामर शैलीका गीतहरू पनि भैरहेकै छन्।नेपाली गितसंगितको यस्तो अनौठो बजार भित्र एउटा यस्तो नाम छ जसले चर्चापरिचर्चा, व्यवसायिकता वा सस्तो लोकप्रियता बाट टाढा रहेर निरन्तर कलम चलाइरहन्छ। परिस्थितिले आँफु प्रवासमा रहेपनि आफ्नो मातृभूमिको सम्मान, आफ्नो कला र संकृतिको सम्मानका लागि यस्तो जीवन्त कलम चलाउछ जसका शब्दमा एउटा फरक र गहन सन्देश हुन्छ।

मान्छेको यथार्थ कहानी हुन्छ अनि मुटु छुने शब्द हुन्छन्। हजुर उनै लोकप्रिय सर्जक गीतकार नारायण कंडेल ले हिजोमात्रै “मेरो देशको शिर”नामक राष्ट्रभक्तिको गीत बजारमा ल्याएका छन्। गीतमा अहिलेका चर्चित गायक/सङ्गीतकार रमेशराज भट्टराईको सङ्गीत तथा आवाज रहेको छ भने महानायक राजेश हमाल, पत्रकार प्रेम बानियाँ, समाजिक अभियन्ता दिक्षा चापागाई लगाएतकाको अभिनय रहेको छ।

हामीले नगरे गर्ने हो कसले
आजै नगरे गर्ने हो कहिले
लिएर एकमुठी धरतिको माटो
एउटा सपथ खानु छ मैले
मेरो देशको शिर झुक्न दिने छैन
मेरो आमाको छाती दुख्न दिने छैन

वास्तवमा हरेक नेपालीले अब आफ्नो देश बनाउन यस्तै प्रण गर्नुपर्छ। सपथ खानुपर्छ। तवमात्र हाम्रो देश सबल र सक्षम हुन्छ।

कडेलका यसअघि मनमा पिडा छ होला छैन भनी ढाँट्छ्यौ, यस्तै छ कहानी परदेशीको, हरेक दिन नेपाली परदेशमा रुन्छ लगाएतका निकै उत्कृष्ट लोकगित अनि सलामी, तिमीलाई माया गर्नु मेरो भुल हो भने, जिन्दगीको यात्रा, बाँच्न कति गारो छ यहाँ, लगाएतका थुप्रै राष्ट्रभक्तीका गीत एवं आधुनिक गीतहरू बजारमा चर्चामा छन् भने थुप्रै यस्तै उत्कृष्ट श्रृजना बजारमा आउने तयारीमा पनि छन्।