समीरको ‘स्टाईल यस्तै छ…(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

समीरको ‘स्टाईल यस्तै छ…(भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं,१९ 

‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट सङ्गीत क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समीर आचार्य निरन्तर सङ्गीत कर्ममा छन् ।

युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’ ल्याईदिन सफल समीरले पछिल्ले समयमा फेरी यस्तै हंगामा पिटेका छन्, नेपाली सङ्गीत क्षेत्रमा । ‘मेरो स्टाईल यस्तै छ’ बोलको गीत हालै मात्रै बजारमा ल्याएका समीरको यो गीत पनि युवा पिढीको ‘रियल च्वाईस’ बनिदिएको छ ।

‘अहिलेको युवा पुस्ताको मनोभावलाई मुल्यांक गरेर उनीहरूको मनको गीत बनाउन खोजेको छु,’ गायक समीरले भने ‘अहिलो राम्रो रेस्पोन्स आइरहेको छ ।’ तीन दिन अघि मात्रै यो गीत युट्युवमा रिलिज भएको छ । ‘द नेफोलिक क्र्यु’ को ग्रप डान्स रहेको यो गीतको भिडियो प्रस्तुति युएस खबर मिडिया नेटवर्कले गरेको हो । थारु र पप लयको फ्युजन रहेको यो गीतलाई युट्युवमा निकै रुचाईएको छ ।अहिले चलिरहेको ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगिताका लागि पनि यो गीत छानिएको छ ।

हाल अस्ट्रेलियामा रहेका गायक समीरले यसअघि हैन भन्देउन, घिनघिन बज्यो मादलु,लगाएतका चर्चित गीतहरू बजारमा ल्याईसकेका छन् ।

हेरौँ , समीरको नयाँ गीतको भिडियो ।

https://youtu.be/wKzh0pbju6c