सेल्टा भिगोको घरेलु मैदानमा मेस्सीको परीक्षा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सेल्टा भिगोको घरेलु मैदानमा मेस्सीको परीक्षा



भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्।

सेल्टाको घरेलु मैदानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले सन् २०१३ यता गोल गर्न सकेका छैनन्। २०१२/१३ को सिजनमा सेल्टासँगको २-२ को बराबरीमा मेस्सीले पछिल्लो पटक सेल्टाको घरेलु मैदान इस्टाडियो बालाइडोसमा गोल गरेका थिए। त्यसपछि इस्टाडियो बालाइडोसमा तीन खेलमा मेस्सीले गोल गर्न सकेका छैनन्।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भने मेस्सीको आँकडा बलियो छ। पछिल्लो ५ वर्षमा उनले सेल्टाविरुद्ध ७ गोल गरेका छन्।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले यस खेलमा एन्द्रेस इनियेस्टा, इभान राकिटिक, जेरार्ड पिके र सर्जियो बुस्केलाई विश्राम दिएका छन्। यसै शनिबार सेभिल्ला विरूद हुने कोपा डेल रे’को फाइनललाई प्राथमिकतामा राख्दै उनले पहिलो टोलीका केही खेलाडीहरुलाई विश्राम दिएका हुन्।