झन् चम्किंदैछन मेस्सी, फेरी हाने ह्याट्रिक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

झन् चम्किंदैछन मेस्सी, फेरी हाने ह्याट्रिक



एजेन्सी- छैटौं पटक बोलोन डी’ओर अवार्ड जिते लगतै खेलेको खेलमा लियोनल मेसी ह्याट्रिक गर्न सफल भएका छन् । स्पेनिस लालिगा अन्तर्गत आइतबार बिहान रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । यस खेलमा बार्सिलोना ५–२ ले विजयी बन्यो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४ औं मिनेटमा अन्टे बुदिमिरले अर्काे गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरे । मेसीले ८३ औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो ।

खेलअघि मेसीले क्याम्प नाउम छैटौं पटक पाएको बोलोन डी’ओर अवार्डको प्रदशैन गरेका थिए। गत सोमबार मात्रै मेसीले बोलोन डी’ओर अवार्ड पाएका थिए ।

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ । शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ । बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पारेको हो ।