टर्की र सिरियाका भूकम्प पीडितका लागि मेस्सीले दिए ३५ लाख युरो सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

टर्की र सिरियाका भूकम्प पीडितका लागि मेस्सीले दिए ३५ लाख युरो सहयोग



काठमाडौं– अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्।

मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्। यी दुई देशमा सोमबारको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ११ हजार २२४ पुगेको छ। टर्कीमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ५४ र सिरियामा २ हजार ४७० जनाको मृत्यु भएको छ।

टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेको छ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।