मेस्सीले माफी नमागे उनीमाथि प्रतिबन्ध - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मेस्सीले माफी नमागे उनीमाथि प्रतिबन्ध



एजेन्सी। अर्जेन्टिनाको खेलकुद अदालतले कोपा अमेरिका कप दौरान रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ ।

एक साताअघि ब्राजिलमा सम्पन्न कोपा अमेरिकाअन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सही निर्णय लिन नसकेको आरोप लगाउँदै नकारात्मक अभिव्यक्ति दिएका थिए । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । सोही कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारबाहीको तयारी गरिरहेको छ ।

यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ उनले प्रस्ट पारे । मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका थिए । मेस्सीले अर्जेन्टिनाबाट अझै पनि उपाधि जित्न सकेका छैनन् ।

डे लिग्ट युभेन्टसमा

नेदरल्यान्ड (डच) राष्ट्रिय टोली तथा आयाक्सका १९ वर्षीय डिफेन्डर म्याथिस डे लिग्ट इटालियन च्याम्पियन युभेन्टस आउने पक्का भएको छ । उनी मंगलबार युभेन्टस पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इटालियन सञ्चार स्रोतले अनुसार डे लिग्ट ६२ मिलियन पाउन्डमा पाँच वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० मिलियन पाउन्ड रहेको छ । उनको वार्षिक तलब ७.२ मिलियन पाउन्ड र बोनस हुने उल्लेख गरिएको छ । १९ वर्षीय डी लिग्टलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस महारथी बार्सिलोना र फ्रेन्च लिग वान क्लब पीएसजी कसरतमा रहेका थिए ।

गत जुनमा यूईएफए नेसन्स कपका दौरान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफूलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डरले खुलाएका थिए । आयाक्सलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याउन डे लिग्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयाक्सलाई लिग च्याम्पियन पनि बनाएका थिए । नेदरल्यान्ड्सबाट खेल्दै यूईएफए नेसन्स लिगको उपविजेता बनेका उनको टोली पोर्चुगलसँग फाइनलमा पराजित भएको थियो ।