रोनाल्डोले कहिल्यै मेसीलाई राम्रो ठान्दैनन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रोनाल्डोले कहिल्यै मेसीलाई राम्रो ठान्दैनन्



एजेन्सी । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले लियोनल मेसीलाई कहिलै पनि राम्रो खेलाडी ठान्दैनन् । छैटौं पटक फिफा अवार्ड जितेका मेसीलाई रोनाल्डोले भोट पनि गरेनन् । नत उनले अघिल्ला संस्करणहरुमा पनि भोट हालेका छन् ।

तर, लियोनल मेसीले भने क्रिस्टियानोलाई पटक–पटक भोट समेत हालेका छन् । केही दिनअघि सम्पन्न फिफा अवार्डमा मेसीले क्रिस्टियानोलाई ३ अंक दिए । अर्जेन्टिनाका कप्तानको हैसियतले मेसीले रोनाल्डोलाई फिफा अवार्डको दोस्रो दावेदार ठाने । सन् २०१९ को अवार्डको लागि मेसीले साडियो मानेलाई ५ अंक, रोनाल्डोलाई ३ अंक तथा फ्रांकी डी जोङलाई १ अंक दिए । रोनाल्डोले भने डी लिट्टलाई ५ अंक, डी जोङलाई ३ अंक तथा एम्बाप्पेलाई १ अंक दिए ।

अघिल्लो संस्करणकोमा मेसीले लुका मोड्रिचलाई ५ अंक, एम्बाप्पेलाई ३ अंक तथा रोनाल्डोलाई १ अंक दिएका थिए भने रोनाल्डोले राफेल भरानेलाई ५ अंक, मोड्रिचलाई ३ अंक तथा ग्रिजम्यानलाई १ अंक दिएका थिए । सन् २०१८ को फिफा अवार्ड लुका मोड्रिचले जितेका थिए ।

यी दुई खेलाडीहरु फुटबलका परस्पर प्रतिस्पर्धीहरु हुन् । तर, कहिलेकाँही रोनाल्डोले अवार्डको समयमा ‘फण्डा’ गर्ने गरेको आरोप लाग्ने गरेको छ । उनी अवार्डअघि भावनात्मक कुरा ल्याएर अरुको मन जित्ने प्रयासमा लागेको आरोप उनीमाथि छ । मिडियाको ध्यान खिच्ने रोनाल्डोले केही हप्ताअघि आफूले फुटबलको लागि संघर्ष गरिरहँदा सहयोग गर्ने एड्नालाई खोजिदिन आग्रह गरेका थिए ।

यस संस्करणको फिफा अवार्ड चलिरहँदा रोनाल्डो भने घरैमा बसिरहेका थिए । तर, मेसी भने सकभर मिडियामा बोल्न चाहँदैनन् ।

केही वर्षअघि रोनाल्डोले आफू दशकौंदेखि उत्कृष्ट फुटबल रहेको प्रतिक्रिया दिएका थिए ।