पुरा भयो मेस्सीको सपना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पुरा भयो मेस्सीको सपना



काठमाडौं- लियोनल मेस्सीको सपना पुरा भएको छ । मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । अहिले भने उनको एउटा ठुलो सपना पुरा भएको छ र उनले पहिलोपटक अन्तराष्ट्रिय उपाधि पाएका छन् ।

वर्तमान विश्वका उत्कृष्ट खेलाडीबारे कुराकानी गर्दा अर्जेन्टिनाका लियोनल मेसीसँगै पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको नाम चर्चामा आउँछ । उनीहरुसँगै नेइमारको नाम पनि जोडिन्छ ।

ब्राजिलका महान् फुटबलर पेलेसहित कतिपयले नेइमार नै उत्कृष्ट रहेको दाबी पनि बेला–बेलामा गर्ने गरेका छन् । मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका मेसीले आइतबार कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताउँदै आलोचकहरुको मुख बन्द गरेका छन् ।

यहींनेर नेइमारको सपनामा धक्का लाग्यो । ठूला प्रतियोगिताको उपाधि उचाल्ने उनको सपना पूरा हुन सकेन । नेइमारले ब्राजिलबाट कन्फेडेरेशन कप र ओलम्पिक स्वर्ण जितेका छन् । तर, यी दुबै प्रतियोगितालाई ठूलो प्रतियोगिता मानिँदैन ।

नेइमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले घरेलु मैदानमै आयोजित २०१४ को विश्वकपको सेमिफाइनल यात्रा गरेको थियो । तर घाइते भएकाले उनले सेमिफाइनल खेल्न पाएनन्, जहाँ जर्मनीले घरेलु टोलीलाई ७–१ ले हरायो ।

२०१८ को विश्वकपमा नेइमारको ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरियो । २०१९ मा ब्राजिलले कोपा अमेरिका जितेको थियो, तर यतिबेला चोटका कारण नेइमार टोलीमा थिएनन्