मेस्सीसँग डराए लिभरपुलका स्टार डिफेण्डर भिर्जिल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेस्सीसँग डराए लिभरपुलका स्टार डिफेण्डर भिर्जिल



एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

यस सिजन उच्च फर्ममा रहेका यी दुवै टोलीमध्ये एकलेमात्र च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गर्नेछ ।

लिभरपुलका स्टार डिफेण्डर भिर्जिल भ्यान ड्याकले मेस्सीलाई रोक्न कठिन हुने बताएका छन् । उनले भनेका छन्,‘लिभरपुलले लियोनल मेस्सीलाई कसरी रोक्छ मलाई थाहा छैन । यसबारे मेरा साथीहरु पनि अनविज्ञ रहेका छन् ।’

उनले भनेका छन्,‘यो सबै काम हामीले टिममा रहेर गर्नुपर्छ । यो एकले अर्को एकजना खेलाडीलाई रोक्ने विषय होइन । हामीले टिममा रहेर उनीहरुलाई रोक्न सक्छौँ । उनीहरुलाई पराजित गर्न सक्ने क्षमता हामीसँग छ ।’

पोर्तोलाई पछार्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने बार्सिलोनाले म्यानुलाई पछार्न सफल भएको थियो ।