मिटरब्याज पीडितलाई बालेन शाहको साथ् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मिटरब्याज पीडितलाई बालेन शाहको साथ्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याज पीडिलाई आफ्नो साथ् रहेको बताएका छन् । उनले मिटर ब्याज पिडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा बस्न चाहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । नगर प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको केहीबेरमै बालेनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो स्थिति सिर्जना हुँदा पनि सरकार रमिते बनेको आरोप लगाएका छन् ।

उनले भने- बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने आश्वासनमै सिमित रहयो । सधै काठमाडौ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगर को मेयर को हैसियतले आफ्नो कार्यक्षेत्र मा नपरे पनि मानबता को नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरु को माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाहरु को समस्या समाधान को लागि जोडदार माग राख्दछौ ।

हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउ मा सरकार पुगोस ।