सपथका लागि दौरा सिलाएका मेटमणिले पाएनन् मन्त्री - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सपथका लागि दौरा सिलाएका मेटमणिले पाएनन् मन्त्री



काठमाडौं-नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । तर नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरीले मन्त्रिपरिषद्मा अवसर नपाउने भएका छन् ।

शक्तिशाली मन्त्री पाउने आशा गरेका मेटमणिलाई नेकपा एसले यसपटक मौका नदिने भएको हो । मेटमणिले मन्त्री बन्ने भन्दै तयारी समेत गरेका थिए । स्रोतका अनुसार उनले सपथका लागि दौरा सुरुवाल समेत तयार गरेका थिए । अब विस्तार हुने मन्त्रिपरिषदमा मेटमणि पक्का मन्त्री बन्ने भन्दै उनी निकटका नेता कार्यकर्ता खुसी भएका थिए । तर अन्त्यमा उनका लागि त्यो खुसी क्षणिक मात्रै बनेको छ ।

नेकपा एसका सांसद विरोध खतिवडाले समाजवादीबाट सरकारको नेतृत्व गर्ने निर्णय भएको छ । उनलाई शहरी विकास मन्त्रीमा पठाउने निर्णय अध्यक्ष माधव नेपालले गरेका छन् । त्यसैगरी रामकुमारी झांक्री स्वास्थ्य, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उडयन र किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा शुक्रबार सपथ खांदैछन् । समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने भएको छ ।

यता माओवादीबाट भने उर्जामन्त्री पम्फा भुसालले सरकारको नेतृत्व गर्ने भएकी छन् । माओवादीबाट सरकारमा सहभागी हुन लागेका देवेन्द्र पौडेलले शिक्षा,शशि श्रेष्ठ खानेपानी र महेश्वर गहतराज भुमिसुधारमन्त्रीका रुपमा सपथ खाने टुंगो लागेको छ ।

नवनियुक्त मन्त्रीहरुको शुक्रवार सांझ ४ बजे सपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ । हाल स्वास्थ्यराज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने तयारी छ ।