मेटमणिले भने- प्रतिगामीका मुख्य मतियारको हार भयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेटमणिले भने- प्रतिगामीका मुख्य मतियारको हार भयो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणि चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हार स्वभाविक भएको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएपछि रेखालाई शुभकामना दिँदै उनले नेपालको राजनीति प्रगतिशीलहरूले जित्ने संस्कृति रहेकाे बताए ।

‘दाँङको २ नं जितियो । प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशीलहरू जित्ने संस्कृति छ । बधाई छ – निष्कलंक ब्यक्ति रेखा शर्मालाई’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

दाङ १ मा मेटमणिको प्रतिस्पर्धा एमालेकी शान्ता चौधरीसँग छ । जारी मतगणनामा उनी शान्ताभन्दा अगाडी छन् ।