मेट्रो प्रेम :भाग एक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेट्रो प्रेम :भाग एक



नेप्टोम श्री‘
सुँक्क‘सुँक्क‘१ गर्दै भन्दै थिई – ‘हेरिस्योन ड्याडीले आउनै दिस्सेन ११’
‘नरोउ न मेरी गोलुमोलु’, मैले फकाउदै भनें – ‘फर्सी पनि कहिँ रुन्छ रु’
‘उम्‘ हजुर पनि सधैं यस्तै भनिसिन्छ ।’ पुच्छर हुँदो हो त बेस्सरी हल्लिदो हो उसको यो बेला ।
‘मलाइ कसैले बुझ्दैन ।’ भनी ‘म बोल्दिन‘ ।’ मैले नि हल्का फुल्का भएको कुखुरे छाती फुलाएर मर्द भएको जनाउ दिए – ‘अब स्ट्रङ्ग हुनुपर्छ गोलुमोलु १’ ‘दुनियाँको बाल।।रु’ ‘आफ्नो लाईफ आफ्नै स्टाइल ।’ फोन काटिसकेकि रै’छे तैपनि म आफ्नो आदर्श वाक्य पुरा गरेँ फोन कानमै राखेर । ट्रेन आयो म चढें ।
इयरफोन कानमा ठेसेंर कुनापट्टीको सिट रोजें । म रत्नपार्क स्टेशनमा थिएँ । फोन फेरि भाईब्रेट भयो । फोन उसकै थियो । जति बेला म उसलाई चिढाउन मेरा आदर्श भनाई राख्थें ऊ फोन काटिदिन्थी र फेरि केहि छिन पछि फोन उसैले गर्थी । जति बइेला म उसको फोन काटि दिन्थें पछि फोन मैले गर्थें यो हाम्रो म्यूचुअल अन्डर्स्टान्डिङ थियो । ‘तपाई कहाँ होइसिन्छरु’ हेलो हाई बिना सम्वाद सुरु गर्ने यो उसको प्राइभेट स्टाइल हो । ‘म यहीं छु’ म पनि के कम चिढाउन खोजें । ‘त्यो मलाई पनि थाहा छ’ उ पनि कहाँ कम थिई ररु ‘अनि किन सोध्या त रु’ मैले पनि जस्ताको तस्तै उत्तर दिएँ । ‘सीधा बोल्न कहिल्यै जानिसेन है रु’ गुनासो जताउन खोजी । ‘सीधा बोल्न सिकाउ न त ।’ फेरि कुरा उ तर्फ नै मोडिदिएँ । ‘भनिस्यो न कहाँ हो अहिले रु’ कुरा फेरि अघिकै ट्र्याकमा फर्काइ । ‘रत्नपार्क ।’ यसपालि म उसको भाषामा सीधा बोलेँ । ‘म पनि यहीं छु ।’ उसले उत्साहा देखाई । ‘यो यही भन्या कहाँ हो फेरि रु’ मैले बुझेरै बुझ पचाईदिएँ । ‘रत्नपार्क ।’
‘किन रु’ म उसलाई इग्नोर गरेको देखाउन चाहन्थें । ‘रत्नपार्कमा एउटा बाँदर भर्खर आएको छ रे , हो त्यसैसंग डेट जान मन छ त्यही भएर ।’ अहिले भने उसले मलाई चिढाई । ‘जाउ न त १ मलाई किन भन्नुपर्यो रु’ रिस देखाउन खोजें । ‘प्लीज के कहाँ निर होईसिन्छ , भनिस्योन ।’ रुन खोजी । ‘ट्रयाक नम्बर १४ बौद्ध जाने रुट ।’ माया लागेर आयो । फोन काटियो । ऊ एकै छिनमा हस्यानफस्याङ गर्दै मेरै छेउ आईपुगी । भनि ‘बाँदर ।’ तर मलाई ऊ पटक्कै बाँदर्नी लागिन । ग्रीन कलरको कुर्तामा लाईट ग्रे कलरको सलवार र यल्लो कलरको पछ्यौरा । हातमा सानो मनी ब्याग । आजको जत्तिको ड्रेस सेन्स मैले कहिल्यै देखेकै थिइनँ । खुल्ला छाडिएको कपाल, चन्चले आँखामा टक्क सुहाउदो गाजल, गुलाबी ओठ । आककहाहा‘१ मैले यति राम्री कहिल्यै देखेकै थिइनँ आजसम्म उसलाई । देखुँपनी कसरी कुर्ता सलवार लगाएको त मैले पहिलो पटक देखेको जो थिएँ । ‘के खाउला झैँ गरेर हेरेको रु’ माहोल धमिल्याउने कुरा गरी । ‘केही होइन ।’ म त्यहि धमिलोमा नै घुलिन चाहें । केहि क्षणमा ट्रेन आयो । म भित्र छिरें । ऊ पनि सँगै आई । कुनाको सिट हेरेर कुनातिरै बसें । ‘जहिले कुनामा नै बस्नुपर्छ है हजुरलाई रु’कुरा अघि बढाउन खोजी । ‘छेउमा बस्दा तिम्रा हिटलर बाउ भेटिएभने देख्लान कि भनेर नि ।’ मैले उसका ड्याडलाई बीचमा घचेट्न खोजें । ‘ड्याडका बारे धेरै नबोलेस्यो है १’ ‘आज ड्याडको कारण त म यहाँ छु ।’ एकाएक बाउप्रति कृतज्ञ बनी ।
‘अघि त ड्याडले जान दिनुभएन भन्दै थियौ त’ प्रसंग सुरुमा पुर्याएँ । ‘ड्याड ल्ब्ऋ को मिटिङ्मा जानु भो’ ‘अनि म यहाँ ।’ आफु चलाख छोरी भएको जताई । ‘ल्ब्ऋरु’ प्रश्न गरे । ‘उम्।।’ ‘ड्याड नेपाल उड्डयन प्राधिकरणको संचालक समितिको सदस्य हो नि त ।’ मैले पहिलो पटक थाहा पाएँ उसका बाउ व्यापारी मात्र होईन रहेछन् भन्ने कुरा । ‘ए‘१’ मैले वाक्य पुरा नगरिकनै छाडिदिए । ‘के भो रु’ म डराएँ कि १ जसो गरि प्रश्न गरी। ‘केहि हैन ।’ म सामान्य अवस्थामा रहेको भाव देखाएँ । ‘अँ साच्ची हामी कहाँ जान लागेको रु’ प्रसंग बदली । ‘हामी रु’ म अन्जान बनें । ‘उम्।। हामी १’ आफु पनि सँगै आएको जताई । ‘मलाई के थाहा रु’ ‘तिमी कहा जानलागेको रु’ ‘म त रुम जान लागेको ।’ मैलेपनि आफु एक्लै आएको जताए । ‘म पनि आज हजुरको रुम जाने ।’ उसले नजाने जसरी भनी म उसलाई मेरो रुम कहिल्यै लग्दिन भन्ने । उसलाई यतिसम्म थाहा थिएन कि म कुन टोलमा बस्छु भन्ने । ‘पिलीज १’ नखरा पारी । किन किन यो उसको ‘पिलीज’ भन्ने नखरामा म पग्लिहाल्छु । यो उसलाई राम्ररी थाहा छ तर म यो रुम जाने कुरामा सधैं हिउँ नै रहन्छु । ‘नाई हुन्न ।’ रेडिमेड जवाफ दिएँ । ‘हजुर मलाई किन लगिसिन्न के रुमरु’ उसले गुनासो गरी तर म संग यसको खास जवाफ थिएन । भनें ‘हाम्रोमा घर नभित्राई बुढीलाई घरमा लग्ने चलन छैन ।’ जबाफ बनावटी थियो । तर उसले के बुझी खै उहीँ जानोस् । भनी – ‘बुढी रे रु’ ‘उम्।।।’ म लजाए जस्तो गरिदएं । ‘ए मिस्टर म तिम्रो बुढी हैन है १’ ऊ त एकदम आफ्नो लेभल देखाउने हैसियतमा आई । ऊ मलाई फकाउनु परे ‘स्योस’लगाएर बोल्थी, आफुलाई इम्पोर्टेन्ट बनाउन परे ‘ए मिस्टर’को हैसियतसम्म नि झर्थी । आज फेरी त्यहीँ झरी । ट्रेनमा बौद्ध आउन लागेको सुचना आयो म फटाफट ट्रेनको ढोकातर्फ अघि बढें । ऊ के गरुँ के गरुँ को अवस्थामा परी ।
ट्रेन रोकियो, ढोका खुल्यो म झरें । ऊ पछाडिबाट मेरो पाखुरा समाउन आईपुगी । भनि( ‘सरी।।१’ थाहा भयो ऊ पनि बौद्धमै झरिछ । थाहा थियो झर्छे भन्ने तर म उसलाई बेवास्ता गरिरहेको देखाउन चाहन्थें । म सरासर इक्जीट गेट तिर बढें ऊ मेरो पाखुरा समाउदै । म पास कार्ड टच गरें र अघि बढें । उसले टच गर्दा रातो बत्ती बल्यो र जानकारी आयो बाहिर निस्कन उसको कार्डमा पर्याप्त पैसा छैन । ऊ झस्की, पैसा नपुगेर हैन म छुटुला भन्ने डरले । ‘ला‘।१’ उसको मुखबाट लामो ‘ला’ निस्कियो । मेरो मुहारबाट छोटो ‘खुचीङ् ११’ ‘पर्खिस्यो न, म रिचार्ज गर्छु’ ऊ रिचार्ज मेसीन तिर दौडिई । म ट्वाईलेट तिर १ पिसाब लागेर होईन, उसलाई अत्याउन मन लागेर । मोबाईल भाईब्रेट भईहाल्यो । मैले थाहै पाईन । फेरी भाईब्रेट भयो, लामो भाईब्रेसनपछि उठाएँ । ‘कहाँ हो हजुर’ आत्तिदै बोली । ‘म रुममा ।’ सीधा जवाफ दिए । ‘पिलीज के म स्टेशन अगाडि छु, एस्सो आईस्यो न १’ स्वर रुन्चे पारी । ‘म हजुरको रुम जान्न १’ ऊ फोनमा बोलीरहेकी थिई । म बिस्तारै पछाडिबाट गएँ र प्याट्ट टाउकोमा हानें । ऊ झस्कि, मोबाईल टायलमा बजारियो । शायद फुट्यो । ‘सरी‘’
सरी‘’ ‘सरी।।१’ हतपत मोबाईल टिपें । अब रुन्चे स्वर पार्ने पालो मेरो थियो । रिसाए जस्तो गर्ने पालो उसको । ‘बाँदर’ ठुस्किदै अघि बढी । धन्न केहि भाको रैनछ । ओल्टाई पोल्टाई हेरें । साइडमा थोरै स्क्र्याच भएछ चिनोजस्तै । ऊ रिसाएजस्तो गर्दै थिई, थाहा थियो ।मलाई फकाए झैं गर्नुपर्ने थियो । यो उसले बुझेकी हुँदी हो । कफीसप अगाडि पुगेर रोकिई १ सायद ऊ मलाई कफीसप देखाउन चाहन्थी । मैले त्यही बुझें, यो उसलाई फकाउने राम्रो बाहना हुन सक्थ्यो । मैले गुमाउन चाहिनँ । उसको हात समाए र भनें – ‘कफी रु’ जवाफ दिइन, संकेत दिई कि उ पनि यसबेला कफी पिउन चाहन्छे । हाम्रो कुरा मिल्यो । मलाई फकाए जस्तो गर्ने बाहना, उसलाई फकिए जस्तो गर्ने बाहना चाहिएको जस्तो जो थियो । कफी अर्डर गर्ने लाईनमा उभियौं । पालो चाँडै आयो । ‘१ मिल्क कफी १’ अर्डरपछि मैले डल्लीतर्फ ईशारा गरें ताकि उसले आफ्नो रोजाईमा अर्डर गरोस् । भनि – ‘सेम्।।१’ ऊ रोजाई एउटै भएको देखाउन चाहन्थी शायद । ‘सर, चिनी कति राखौं रु’ कफी अर्डर लिने मैया बोली । भनें – ‘१ चम्चा १’ मलाई गुलियो, पिरो,अमिलो लाइट नै मन पर्छ । कडा त ऊ नै हुन्थी सधैं साथमा । अनि ‘म्याडमलाई।।रु’ मैले बिल्ला गरेको पारामा उसलाई हेरें ।
शायद यो दोस्रो अवसर थियो, म्याडम उपमा पाएको उसले । नजर अन्तै मोडेर भनि( ‘सेम।।१’ फेरी सेम बोली १ शायद यो सेम बोलेर मलाई चिढाउन चाहन्थी । किनकी मलाई त्यसो गरेको मन पर्दैन थियो र उसको रिसाएजस्तो गर्ने समय अझै बाँकी थियो उसको । मैले पैसा तिरें, उसले तिर्न खोजे जस्तो गरी । कफी आयो । कफी उसैले लिई । उ रुफटपमा निस्कन चाही, म कुनै कुनाको टेबुलमा । जीत उसैको भयो, किनकि जित्ने पालो अझै बाँकी थियो उसको । ‘मोबाईल चाहिँदैन रु’ रुफटपको कुनै एउटा टेबुल ओगटेपछिको सन्नाटा चिर्ने कुरा मैले नै सुरु गरें । क्रमशः