काठमाडौंभित्र चल्ने मेट्रोरेलको प्रतिवेदन यस्तो छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काठमाडौंभित्र चल्ने मेट्रोरेलको प्रतिवेदन यस्तो छ



 काठमाडौं-

लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ ।

बर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ । आजको कारोबारमा खबर छ ।

अध्ययन प्रतिवेदनअुसार
-दुवै रुट ७९ किलोमिटरको हुने छ ।

-चार बर्षभित्र निर्माण सम्पन्न हुन सक्ने छ ।

-दुवैको लागत ५ खर्ब ३६ अर्ब लाग्ने छ ।

-दुवैलाई ३५ ३५ मेगावाट विद्युत आवश्यक पर्ने छ ।

-दैनिक साढे तीन लाख यात्रुलाई सेवा दिन सकिने छ ।