बजेट आउनु पुर्व मेयर रेणु दाहालले घोषणा गरिन यस्ता लोकप्रिय काम - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बजेट आउनु पुर्व मेयर रेणु दाहालले घोषणा गरिन यस्ता लोकप्रिय काम



चितवन– चितवनको भरतपुर महानगरपालिकाले ३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु सुरु गर्न लागेको हो ।

बजेटको प्राथमिकता

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्रथामिकतामा रहने बताइन् । त्यसैगरी पिउने पानी र आयआर्जनका कामहरु अल्पकालिन योजनाका रुपमा रहने उनले बताइन् । दीर्घकालिन योजनाका रुपमा बृहत गुरुयोजना निर्माण गरी मेघा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्बाधार बिकासमा बिशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताइन् ।

दाहालले महानगरलाई सुन्दर, हराभरा र व्यवस्थित बनाउन पूर्बाधार बिकास नै पहिलो आवश्यकता देखिएकोले यसलाई अभियानको रुपमा अगाडि बढाइने उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेबाट नगर सभाका लागि तयारी थालिने बताए ।

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने जोशीले बताए ।

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिने छ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र

कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी

महानगरको बजेट तथा नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्र्वति शाहले बताइन् । उनका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ ।

महानगरले ६ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीतिमा बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछ ।

गतवर्षका अधुरा योजना यसपटक कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले उल्लेख गरिन् । कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै ३ अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताए ।