लघुवित्त समूह "प्यानिक", लगानीकर्ताले भटाभट बेच्न थाले शेयर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लघुवित्त समूह “प्यानिक”, लगानीकर्ताले भटाभट बेच्न थाले शेयर



लघुवित्त कम्पनीहरू समस्याग्रस्त बनेको समाचार आउन थालेपछि आत्तिएका लगानीकर्ताले शेयर बिक्री चाप बढाउँदा समग्र लघुवित्त समूहमा नै पहिरो गएको छ ।

बिहीबार कारोबार बन्द नहुँदै २४ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । भारी मात्रामा शेयर मूल्य घट्दा पनि लगानीकर्ताले बिक्रीचाप घटाउन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई ऋणमा कडाइ गरेसँगै निरन्तर घट्दै आएको बजारमा आज थप दबाब देखिन पुगेको हो । लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपरेका हुन् ।

यो समाचार तयार पार्दासम्म ६० अंकले नेप्से सूचक घट्दा १५ वटा कम्पनीको बाहेक सबै कम्पनीको शेयर मूल्य राताम्मे भएका छन् । जसमा लघुवित्त कम्पनीहरूको मात्रै संख्या ५४ वटा रहेका छन् ।

बजारमा लगानी फस्ने मनोविज्ञानका साथ बिक्रीमा होमिएका लगानीकर्ताले लघुवित्त शेयर बिक्री चाप बढाउँदा कारोबारमा आएका सबै लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा पहिरो गएको हो ।

अहिलेसम्म छिमेक लघुवित्त, स्वाबलम्बन, समिट, स्वरोजगार, जनउत्थान, नयाँ सारथी, कालिका, ग्लोबल आइएमई, सूर्योदय, मेरो माइक्रो फाइनान्स, माइक्रोफाइनान्स, आरएसडीसी, फरवार्ड, महुली, उन्नती, वीन ,नाडेप, आरम्भ, सामुदायिक, आँधिखोला, महिला, जीवन विकास, राष्ट्र उत्थान, जाल्पा, नेष्डो, आदर्श, धौलागिरी, शिर्जनशील र मिथिला लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।