पुदिनाका अनेकौँ फाईदा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पुदिनाका अनेकौँ फाईदा



बहुगुण भएको वनस्पति हो पुदिना । पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । यसले धेरै रोगबाट हामीलाई बचाउँछ ।

यसलाई औषधीको रूपमा प्रयोग गर्नुको साथै यसलाई हामी अचारबा पनि खाने गर्छौ ।

केहीलाई यसको स्वाद मन पर्ला त केहीलाई मन नपर्ला पनि । तर यसको गुण तपाईँले थाहा पाउनु भयो भने सधैँ पुदिना खान थाल्नुहुनेछ ।

पुदिनाको पातहरू सँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ ।

एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोरबाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।

साथै करिब एक गिलास पानीमा पुदिनाका १० वटा जति पातहरू, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ ।

पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ । पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।

मुख गन्हाउने समस्या भएकाहरूले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ ।

गिजालाई पनि यो विधिले बलियो पार्दछ । यसै गरी यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

पुदिनाले बिच्छी वा सर्पले टोकेको बिषलाई पनि यसले मार्छ । बिषालु ठाउँमा पुदिनाको पातको रस लगाएमा विष मार्न सहयोग पुर्‍याउछ ।

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।

पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।